• ट्रेण्डिङ्ग :
एमालेको अडान : प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने

एमालेको अडान : प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने


  • 3.9K
    SHARES
    • आषाढ २०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.0K Views

    एमालेको अडान : प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने

    काठमाडौं, २० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिएको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनको क्रममा आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।

    images

    प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिए । उनले भने, ‘सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं भइरहेको छ । हाम्रो मनमा बादल लागेको छ । नेपालीको स्वाभिमान गिरेको छ । हामी भक्ति थापा, अमर सिंह, वलभद्र कुँवरको सन्तान हौं । के प्रधानमन्त्री राष्ट्रको गरिमाभन्दा ठूलो कुरा हो ? यदि होइन भने नैतिकताको आधारमा प्रधानमन्त्रीमा बस्नु हुँदैन । राजीनामा दिनुस् ।’

    एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि साथ दिएको छ । सभामुख देवराज घिमिरेले संसद अगाडि बढ्न खोज्दा राप्रपाका सांसदहरू रोस्टम घेराउ गर्नसमेत पुगेका थिए । विपक्षी दलको अवरोधपछि सभामुखले बैठक स्थगित गरेका छन् ।


    तेस्रो आँखा