• ट्रेण्डिङ्ग :
क्यानका महानिर्देशकलाई दोस्रो स्पष्टीकरण

क्यानका महानिर्देशकलाई दोस्रो स्पष्टीकरण


  • 3.5K
    SHARES
    • आषाढ २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    क्यानका महानिर्देशकलाई दोस्रो स्पष्टीकरण

    काठमाडौं, २१ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । पहिलोपटक नौबुँदे स्पष्टीकरण सोधिएको थियो । जवाफ पेस गर्न सात दिनको समय दिइएको थियो ।

    images

    तर, महानिर्देशक अधिकारीले उक्त समयमा अटेरी गरेर जवाफ दिएनन् । बिहीबार पुनः स्पष्टीकरण सोधिएको हो । जवाफ नदिनुको कारण स्पष्ट रूपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

    निर्धारित समयमा जवाफ नदिए कानुनबमोजिम अघि बढ्ने मन्त्रालयले जनाएको छ ।


    तेस्रो आँखा