• ट्रेण्डिङ्ग :
सभामुखको संलग्नतामा सरकार गठन गर्नु असंवैधानिक : संविधानविद् भीमार्जुन आचार्य

सभामुखको संलग्नतामा सरकार गठन गर्नु असंवैधानिक : संविधानविद् भीमार्जुन आचार्य


  • 2.8K
    SHARES
    • आषाढ २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    सभामुखको संलग्नतामा सरकार गठन गर्नु असंवैधानिक : संविधानविद् भीमार्जुन आचार्य

    काठमाडौं, २१ असार । संविधानविद् भीमार्जुन आचार्यले कोसी प्रदेशको सरकार गठनमा सभामुखको संलग्नतालाई असंवैधानिक बताएका छन् । ‘सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन,’ आचार्यले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘यस्तो कार्य असंसदीय र असंवैधानिक छ ।’

    images

    बिहीबार कोसी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आफ्नो समर्थनमा सभामुख बाबुराम गौतम समेत रहेको उल्लेख गरेका छन् । सरकार गठनमा सभामुख गौतम संलग्न भएपछि आचार्यले भनेका छन्, ‘सभामुखको पद राजनीतिकरुपमा तटस्थ मानिन्छ । कोसी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अपहेलनाजन्य कार्य हो । यसरी सरकार गठन गर्नुभन्दा त प्रदेश सरकार नै नरहनु ठिक हुन्छ ।’

    कोसी प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलका तर्फबाट दाबी पेस भएपछि थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी, नेपालका एक सांसदको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।


    तेस्रो आँखा