काठमाडौं, २१ असार । प्रहरीले ठमेलको नाइट क्लब एलओडीका सञ्चालक राजु सिंह सुवाललाई पक्राउ गरेको छ । एलओडीमा गएकी एक बालिका बलात्कृत भएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर ललितपुरले सुवाललाई बालुवाटारबाट पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख (एसएसपी) सिद्धिविक्रम शाहले जानकारी दिए ।
शाहका अनुसार उनलाई काठमाडौं प्रहरीलाई बुझाउने तयारी गरिएको छ ।
गत जेठ ३१ गते राति एलओडी गएकी एक नाबालिकाको ललितपुरको बागडोलमा बलात्कार भएको दाबीसहिको उजुरी परेको छ ।
