• ट्रेण्डिङ्ग :
आज सिंहदरबार घेर्दै देशैभरीका स्थानीय जनप्रतिनिधि 

आज सिंहदरबार घेर्दै देशैभरीका स्थानीय जनप्रतिनिधि 


  • 2.5K
    SHARES
    • आषाढ २२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    आज सिंहदरबार घेर्दै देशैभरीका स्थानीय जनप्रतिनिधि 

    काठमाडौँ, २२ असार । देशैभरका स्थानीय तहका जनप्रतिनिधिहरूले आज सिंहदरबार घेर्ने कार्यक्रम बनाएका छन । 
    नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाका अनुसार सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको विरुद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेका हुन । 
    सरकारले स्थानीय तहलाई ५०  प्रतिशत  अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए ।
    त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको छ ।
    यसैबीच बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले  स्थानीय तहमा कटौती गरेको वित्तीय सम्मानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी थिईन ।

    images


    तेस्रो आँखा