विराटनगर, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । कोशी प्रदेश नामकरण परिवर्तन नहुने पहिलो अभिव्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन् ।
