• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीको राजीनामामा एमाले सांसदको अडान कायमै

प्रधानमन्त्रीको राजीनामामा एमाले सांसदको अडान कायमै


  • 2.6K
    SHARES
    • आषाढ २२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    प्रधानमन्त्रीको राजीनामामा एमाले सांसदको अडान कायमै

    काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान कायम राखेको छ । सभामुख देवराज घिमिरेलेको पहलमा भएको पटक–पटकको छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका सचेतक महेश बर्तौला लगायतले आफूहरु पूर्ववत मागमा यथावत रहेको बताएका छन् ।

    images

    सभामुख घिमिरेले शुक्रबार मात्रै प्रमुख दलका नेताहरुसँग चार पटक औपचारिक संवादमा बसिसके । बिहानै आफ्नै निवासमा बोलाएर छलफल गरे । बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरुसँग बसे । साढे १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखे । कार्य व्यवस्था परामर्श समितिको बैठकपछि फेरि बोलाएर छलफल गरे । यी सबै छलफलमा एमालेले प्रधानमन्त्रीको अडानबाट पछि नहट्ने बताएको छ । ‘हामी राजीनामै नीतिमा अडिग छौं । आज पनि प्रतिनिधिसभामा यही हुन्छ,’ एमाले नेता रघुजी पन्तले भने ।

    प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिएको छैन । शुक्रबारको राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको एमालेको प्रतिनिधिसभाको बैठक पनि चल्न नदिने नीति छ ।


    तेस्रो आँखा