काठमाडौं २२ असार/
१४ बुँदे प्रतिबद्धता गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवारदेखि बसेको पार्टी जिल्ला सभापतिहरुको बैठक १४ बुँदे आपसी प्रतिवद्धता व्यक्त गर्दै शुक्रबार सम्पन्न भएको हो । बैठकमा जिल्ला सभापतिहरुले पार्टी संगठनको गतिशीलतामा जोड दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको बैठकपछि संगठनका कामलाई तीव्रता दिनका लागि नेताहरुमा ऊर्जा पैदा भएको बताए । यसले पार्टीको गतिशिलतालाई बढाउने बताए । उनले जिल्ला सभापतिहरुले १४ बुँदे आपसी प्रतिबद्धता गरेका भन्दै सो प्रतिवद्धतालाई बुँदागत रुपमा बाहिर नल्याइएको बताए । यद्यपी सो बुँदाभित्र पार्टी र भ्रातृ संगठनहरुलाई व्यवस्थित गर्ने, जिल्ला सम्मेलनहरुको सम्बन्धमा र देश विदेशमा रहेका पार्टी समर्थक तथा शुभचिन्तकहरुलाई संगठित गर्ने लगायतका विभिन्न विषयमा जिल्ला सभापतिहरुको प्रतिवद्धता रहेको उनले जानकारी गराए । बदलिएको र बलियो कांग्रेस बनाउने प्रतिबद्धता जिल्ला सभापतिहरुको बैठकले गरेको उनले बताए ।
उनले भने, ‘संगठनमा गतिशीलता बढ्नुपर्यो । सारमा उहाँहरुको अपेक्षा त्यही छ । प्रायः जिल्लाहरुले काममा एक ढंगले गति दिएको अवस्था छ । तर यो छलफल पछाडि जुन गति पहिला थियो त्यो भन्दा दोब्बर गतिमा काम गर्ने कुरामा बढेर जान्छ । यो ऊर्जा केन्द्रीय समितिको बैठकले गरेका निर्णाय, त्यसपछि जब हामी राष्ट्रव्यापी रुपमा अभियानमा पुग्छौँ त्यसपछि यसले राम्रो गतिशीलताका साथ अगाडि बढ्छौँ । यो जिल्ला सभापतिहरुले गर्नुभएको आपसी प्रतिवद्धता हो । संगठनको सन्दर्भमा जिल्लाको नेतृत्वलाई व्यवस्थित कसरी गर्ने रु भातृ संगठनहरु व्यवस्थित कसरी गर्ने ? जिल्ला सम्मेलनहरुको सन्दर्भमा के गर्ने रु विदेशमा रहेका आफ्ना जिल्लाका साथीहरुलाई सम्पर्क गर्ने सन्दर्भमा के गर्ने ? काठमाडौँमा रहेकालाई व्यवस्थित गर्ने कुरामा के गर्ने ?, प्रशिक्षणको सन्दर्भमा के गर्ने रु लेविको सन्दर्भमा के गर्ने ? विविध विषयमा उहाँहरुको आन्तरिक प्रतिवद्धता छ, यो नितान्त आन्तरिक छ । त्यसकारण जिल्ला सभापतिजीहरुले नितान्त आन्तरिक रुपमा गरेको प्रतिवद्धता छ त्यसको साक्षी मात्रै केन्द्रीय कार्यालय र दुईवटा महामन्त्री बसेका छौँ । उहाँहरुले गरेका निर्णय वक्तव्यका रुपमा पनि सार्वजनिक हुँदै छैन ।’
उनले जिल्ला सभापतिहरुको बैठकलाई पार्टी केन्द्रीय कार्यालयले नियमित रुपमा गर्ने बताए ।
