• ट्रेण्डिङ्ग :
विप्लव भन्छन समाजवाद स्थापनामा सबैजसो दल एकमत छन 

विप्लव भन्छन समाजवाद स्थापनामा सबैजसो दल एकमत छन 


  • 2.8K
    SHARES
    • आषाढ २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    विप्लव भन्छन समाजवाद स्थापनामा सबैजसो दल एकमत छन 

    काठमाडौं, २४ असार । समाजवादी मोर्चा नेपालका नेता एवं नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेपाल समाजवाद स्थापना हुने बाटोमा रहेको बताएका छन ।
    ‘नेपालमा समाजवाद एकदमै लोकप्रिय छ । सबैजसो दलले यसलाई आत्मसात् गरेका छन । हामी वैज्ञानिक समाजवाद भन्छौं । अरुहरुले राष्ट्रिय समाजवाद, संघीय समाजवाद, प्रजातान्त्रिक विवाद आदि भन्ने गरेका छन । मूलतः विचार र नीतिका हिसाबले एकमत छ । समाजवादमा जानुपर्छ भन्ने कुरामा एकरुपता छ । समाजवाद नभए जनताले अधिकार पाउँदैनन भन्ने बुझाइ छ । यसो भएपछि समाजवादलाई व्यवस्थामा बदल्न कुनै समस्या हुँदैन,’ राजधानीबाट प्रशारण हुने  एउटा टेलिभिजनमा अन्तरवार्तामा उनले भने ।
    नेता चन्दले मुलुकको राजनीतिक स्थिरता र सबल अर्थतन्त्रको निर्माणका लागि समाजवाद नै एक मात्र बाटो भएको दाबी गरे । ६५ प्रतिशत कम्युनिस्टहरु र बीपी कोइरलाको समाजवाद भन्ने नेपाली कांग्रेसमा पनि मिलनविन्दु पहिल्याउन कठिन नहुने उनको धारणा छ ।

    images


    तेस्रो आँखा