• ट्रेण्डिङ्ग :
कोशी प्रदेशमा तीन मन्त्री थपिए

कोशी प्रदेशमा तीन मन्त्री थपिए


  • 3.5K
    SHARES
    • आषाढ २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    कोशी प्रदेशमा तीन मन्त्री थपिए

    काठमाडौं, २४ असार ।  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले  मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका हुन्। उनीहरुले आजै शपथग्रहण गरेका छन्।  माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीले मन्त्रीमा सपथ लिए। 

    images

    आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अन्यको मन्त्रालय भने टुंगिएको छैन्।  बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन। कोशी सरकार गैरसंवैधानिक भएको भन्दै एमालेले सर्वोच्चमा दायर गरेको मुद्दाको आज सुनुवाइ हुँदैछ। 


    तेस्रो आँखा