• ट्रेण्डिङ्ग :
कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनवाइ हुँदै

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनवाइ हुँदै


  • 4.3K
    SHARES
    • आषाढ २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनवाइ हुँदै

    काठमाडौं, २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार विरुद्ध परेको रिटमाथि आज सुनवाइ हुँदै छ । कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्‍याएर गठन भएको थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

    images

    निष्पक्ष बस्नु पर्ने सभामुखले सरकार निर्माण गर्न र ढाल्न भूमिका खेलेको भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रवार वारेसमार्फत रिट दर्ता गराएका थिए ।

    कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रवार पद तथा गोपनीयताको शपथसमेत गराइसकेका छन् ।तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो ।

    सो रिटको आज आइतबारका लागि पेसी तोकिएको थियो ।


    तेस्रो आँखा