• ट्रेण्डिङ्ग :
पैसा चोरेको आरोपमा वडाअध्यक्ष विष्ट पक्राउ

पैसा चोरेको आरोपमा वडाअध्यक्ष विष्ट पक्राउ


  • 5.5K
    SHARES
    • आषाढ २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 8.4K Views

    पैसा चोरेको आरोपमा वडाअध्यक्ष विष्ट पक्राउ

    सुर्खेत, २५ असार ।  सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो । 

    images

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

    यस्तै, वडाध्यक्ष विष्ट र अन्य दुई जनालाई पैसा चोरेको आरोप लागेको थियो । उनीसहित अन्य दुई जनालाई खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार लुटेको आरोप लागेको छ । यस्तै, सो उपभोक्ता समितिले पैसा चोरीको उजुरी प्रहरीमा दिएपछि शुक्रबार सुशील गुरुङ र बलिराज शाहीलाई प्रहरीले पक्राउ गरिसकेको थियो  ।


    तेस्रो आँखा