• ट्रेण्डिङ्ग :
इमर्जिङ कप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाई

इमर्जिङ कप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाई


  • 3.6K
    SHARES
    • आषाढ २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    इमर्जिङ कप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाई

    दाङ २५ असार /
    नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ खेल्न श्रीलंका जाने राष्ट्रिय टोलीको बिदाई गरेको छ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु र क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतका पदाधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार काठमाडौँबाट बिदाइ गरेका हुन् ।

    images

    विश्वकप छनोट खेल सकेर केही दिनअघि मात्रै स्वदेश फर्किएको थियो । टोलीमा नेपालले आरिफ शेखको ठाउँमा अलराउन्डर पवन सर्राफलाई समावेश गरेको छ । त्यस्तै, रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र सोमपाल कामी टिममा छन् ।

    त्यस्तै, भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजबंशी, किशोर महतो, सन्दीप जोरा, सुर्य तामाङ । सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी भने क्यानडामा आयोजना हुने ग्लोबल टी–२० खेल्नुपर्ने भएकोले राष्ट्रिय टोली बाहिर रहेका छन् । जुलाई १३ देखि २३ तारिखसम्म सञ्लन हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत ए, पाकिस्तान ए र यूएईसँग खेल्नुपर्ने छ ।


    तेस्रो आँखा