• ट्रेण्डिङ्ग :
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै 

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै 


  • 2.4K
    SHARES
    • आषाढ २७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 3.8K Views

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै 

    काठमाडौं २७ असार /
    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ । अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अहिलेसम्म बस्न सकेको थिएन ।

    images

    झन्डै एक वर्ष पछि बस्न लागेको  बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ । गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

    यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ । साथै, सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।


    तेस्रो आँखा