• ट्रेण्डिङ्ग :
बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ


  • 2.0K
    SHARES
    • आषाढ २७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 3.0K Views

    बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

    जनकपुरधाम, २६ असार । महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतो पक्राउ परेका छन् । बहुविवाह आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

    images

    उनकाअनुसार जेठी श्रीमती ललितादेवी महतोले मंगलबार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो ।

    मंगलबार बेलुका वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा