• ट्रेण्डिङ्ग :
सावित्राको गोलमा बंगलादेशविरुद्ध हारबाट जोगियो नेपाल

सावित्राको गोलमा बंगलादेशविरुद्ध हारबाट जोगियो नेपाल


  • 2.8K
    SHARES
    • आषाढ २८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    सावित्राको गोलमा बंगलादेशविरुद्ध हारबाट जोगियो नेपाल

    काठमाडौं २८ असार /
    सावित्रा भण्डारीले इन्जुरी समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टिमले सम्भावित हार टारेको छ ।
    बिहीबार बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा सम्पन्न खेलमा बंगलादेशकी कप्तान सविना खातुनले ६८औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । तर, इन्जुरी समयमा सावित्राले गोल गर्दैै नेपाललाई खेलमा फर्काउँदै हारबाट जोगाएकी थिइन् । ६ यार्ड बक्सभित्र बंगलादेशी रक्षकले क्लियर गर्न नसकेको बलमा सावित्राले गोल गरेकी थिइन् ।

    images

    बराबरीका बावजुद नेपाली महिला टिमको जितविहीन यात्रा ६ खेलसम्म लम्बिएको छ । नेपाली टिम गत भदौमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनल खेलदेखि जितविहीन छ । उक्त फाइनलमा पनि नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । त्यसयता नेपालले दुई खेलमा हार बेहोर्दा तीन खेलमा बराबरीको नतिजा निकालेको छ ।

    मैत्रीपूर्ण फुटबलका लागि हाल बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टिमले त्यहाँ घरेलु टिमसँग दुई खेल खेल्नेछ । नेपालले चीनमा हुने १९औँ एसियन गेम्सको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यी दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ ।


    तेस्रो आँखा