काठमाडौं, २९ असार । आज प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । राष्ट्रियसभाबाट बिहीबार बजेट पारित भइसकेको छ ।
संसद सचिवालयद्वारा सार्वजनिक सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्नेछन् । शिक्षामन्त्री अशोककुमार राईले राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
