• ट्रेण्डिङ्ग :
एलओडीका दुवै सञ्चालकलाई छाडियो

एलओडीका दुवै सञ्चालकलाई छाडियो


  • 3.0K
    SHARES
    • आषाढ २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    एलओडीका दुवै सञ्चालकलाई छाडियो

    काठमाडौं, २९ असार । जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर बुझाएका लर्ड अफ ड्रिम्स (एलओडी) क्लबका दुई सञ्चालकलाई काठमाडौं प्रहरी परिसरले छाडेको छ। बालिकालाई नाइट क्लबमा प्रवेश दिएको आरोपमा ललितपुर प्रहरी परिसरले क्लबका सञ्चालक रुदिल बल्लव श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेर कारबाहीका लागि काठमाडौं परिसरलाई बुझाएको थियो। 

    images

    बालबालिकासम्बन्धी ऐन अनुसार १८ वर्षमुनिका बालबालिकालाई नाइट क्लबमा प्रवेश गराउन मिल्दैन । तर एलओडीमा प्रवेश गरेकी एक नाबालिग बलात्कारमा परेपछि उक्त घटना बाहिरिएको हो। नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा ललितपुर प्रहरीले तत्काल सञ्चालकद्वयलाई पक्राउ गरेको थियो। 

    त्यसअघि नै बलात्कारमा संलग्न रहेको आरोपमा कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका थिए। बलात्कारस्थल ललितपुरमै भएकाले कोइरालाविरुद्ध ललितपुर प्रहरीले नै अनुसन्धान गरेर मुद्दा अगाडि बढाएको थियो। उनलाई भने जिल्ला अदालत ललितपुरले शुक्रबार नै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। तर काठमाडौं परिसरमा बुझाइएका एलओडीका सञ्चालकद्वय हाजिरी जमानीमा छुटेका छन्। 

    घटनामा उनीहरुको प्रत्यक्ष संलग्नता नदेखिएकाले छाडिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए। अब नाबालिग प्रवेश गरेको घटनामा पक्राउ परेका ४ मध्ये म्यानेजर राई मात्रै हिरासतमा छन्। अन्यलाई छाडिए पनि अनुसन्धान जारी रहने काठमाडौं परिसरका प्रवक्ता एसपी सिताराम रिजालले बताए।


    तेस्रो आँखा