• ट्रेण्डिङ्ग :
दोषी उम्काएर निर्दोष पक्राउ नगर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

दोषी उम्काएर निर्दोष पक्राउ नगर्न गृहमन्त्री श्रेष्ठको निर्देशन


  • 2.4K
    SHARES
    • आषाढ ३०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    दोषी उम्काएर निर्दोष पक्राउ नगर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं ३० असार /
    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताएका छन् । शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताए ।

    images

    तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफूले कुनै बाधा नगर्ने बताए । तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको बताउँदै गृहमन्त्री श्रेष्ठले यसमा प्रहरीलाई कुनै दबाब नदिएको दावी गरे ।

    गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस भन्ने चाहेर नभई तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउदै उनले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा इमानदार रहेकाले दोषी कारवाहीको दायरामा आउने तर्क गरे ।


    तेस्रो आँखा