• ट्रेण्डिङ्ग :
प्राध्यापक र शिक्षकलाई सदस्यता नदिन कांग्रेसलाई निर्वाचन आयोगको निर्देशन

प्राध्यापक र शिक्षकलाई सदस्यता नदिन कांग्रेसलाई निर्वाचन आयोगको निर्देशन


  • 2.4K
    SHARES
    • आषाढ ३१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    प्राध्यापक र शिक्षकलाई सदस्यता नदिन कांग्रेसलाई निर्वाचन आयोगको निर्देशन

    काठमाडौं ३१ असार / निर्वाचन आयोगले प्राध्यापक, शिक्षक र कर्मचारीलाई दलको सदस्यता नदिन नेपाली कांग्रेसलाई निर्देशन दिएको छ । सहप्राध्यापक जगत तिमिल्सिना, राजेन्द्र गौतम लगायतलाई पार्टीको सदस्यता प्रदान गरी १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाएको भन्दै आयोगमा उजुरी गरेको थियो ।

    images

    स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता प्रदान गरी महाधिवेशनमा सहभागी गराउनु राजनीतिक दलम्बसन्धी ऐन र विधि शिक्षक कर्मचारी सेवासम्बन्धी ऐन विपरीत भएको भन्दै आयोगले उनीहरुको क्रियाशील सदस्यता बदर गर्न निर्देशन दिएको छ । साथै आगामी दिनमा कानुन विपरीत हुने गरी सदस्यता नदिन र महाधिवेशनमा सहभागी नगराउनसमेत कांग्रेसलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।


    तेस्रो आँखा