• ट्रेण्डिङ्ग :
कांग्रेसले पहिलो पटक केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्दै 

कांग्रेसले पहिलो पटक केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्दै 


  • 3.1K
    SHARES
    • श्रावण २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    कांग्रेसले पहिलो पटक केन्द्रीय समितिको बैठक ‘लाइभ’ गर्दै 

    काठमाडौं २ साउन / नेपाली कांग्रेसले पहिलोपटक आफ्नो केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्ने भएको छ । ११ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय (सानेपा) मा सुरु हुँदै छ।

    images

    सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार उक्त बैठक लाइभ गर्न तयारी भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  ‘कांग्रेसले लाइभ बैठक पहिलोपटक गर्न लागेको हो’, उनले भने।

    मुख्य सचिव  पौडेलका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्न हेर्ने व्यवस्था मिलाइनेछ । सोमबार आफ्नो निवास (धुम्बाराही) मा बसेको पदाधिकारी तथा पूर्वपदाधिकरी बैठकमा सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका थिए ।

    सोअनुरूप कांग्रेसले आज सुरु हुने केन्द्रीय समितिको बैठक लाइभ गर्न लागेको हो । बैठकका लागि १० वटा एजेन्डा तयार पारिएको छ । यो बैठकमा नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका नेता बालकृष्ण खाँण निलम्बन गर्नेबारे पनि संस्थापन इतर समूहले कुरा उठाउने तयारी गरेको बताइएको छ । 


    तेस्रो आँखा