• ट्रेण्डिङ्ग :
तस्करी गरी ल्याइएको सुन बिक्रीमा संलग्न ५ जनालाई थुनामा पठाउन आदेश

तस्करी गरी ल्याइएको सुन बिक्रीमा संलग्न ५ जनालाई थुनामा पठाउन आदेश


  • 2.9K
    SHARES
    • श्रावण २, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    तस्करी गरी ल्याइएको सुन बिक्रीमा संलग्न ५ जनालाई थुनामा पठाउन आदेश

    काठमाडौं २ साउन /
    काठमाण्डौ जिल्ला अदालतले (भेप) को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ ।

    images

    न्यायाधीश दीपक ढकालको इजलासले यस प्रकरणमा पक्राउ परि अहिले हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

    उनका अनुसार यस प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाई अदालतमा छ जनालाई नै पेस गरेको थियो ।

    गएको पुस १० गते फ्लाई दुबईु को विमानबाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी भेपभित्र सुन तस्करी गरी ल्याएका र व्यापारिक प्रयोजनका लागि अवैध ढङ्गले ल्याएको भनी त्यो भेप जफत गरिएको थियो । त्यही सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेको भन्दै प्रहरीले छ जनालाई पक्राउ गरेको थियो ।


    तेस्रो आँखा