• ट्रेण्डिङ्ग :
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान


  • 2.6K
    SHARES
    • श्रावण ३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

    काठमाडौं ३ असार / पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।  उनको सचिवालयका अनुसार मंगलबार राति भ्रमण टोलीसहित अध्यक्ष ओली कम्बोडिया गएका हुन् ।

    images

    कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि उनी त्यसतर्फ लागेका हुन् । भ्रमण दलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।

    यसैबीच आफू कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिएका छन् । पोखरेललाई अध्यक्ष र नेम्वाङलाई संसदीय दलको नेताको कार्यवाहक जिम्मेवारी दिइएको हो ।  उनी साउन ८ गते स्वदेश फर्किने बताइएको छ । 


    तेस्रो आँखा