• ट्रेण्डिङ्ग :
इमर्जिङ टिम्स कपमा नेपालले आज यूएई ‘ए’सँग खेल्दै

इमर्जिङ टिम्स कपमा नेपालले आज यूएई ‘ए’सँग खेल्दै


  • 3.3K
    SHARES
    • श्रावण ३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    इमर्जिङ टिम्स कपमा नेपालले आज यूएई ‘ए’सँग खेल्दै

    काठमाडौं, ३ असार । श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो अन्तिम खेल आज यूएई ए विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा १० मा पि सारा ओभल कोलोम्बोमा सुरु हुनेछ ।

    images
    समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेको नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ । नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ । नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए ।

    नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो । आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । 


    तेस्रो आँखा