• ट्रेण्डिङ्ग :
युएई ए विरुद्ध कुशलको कर्तीमानी बलिङ, १५७ रनमा युएई अलआउट

युएई ए विरुद्ध कुशलको कर्तीमानी बलिङ, १५७ रनमा युएई अलआउट


  • 3.1K
    SHARES
    • श्रावण ३, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    युएई ए विरुद्ध कुशलको कर्तीमानी बलिङ, १५७ रनमा युएई अलआउट

    काठमाडौं ३ साउन /
    एमसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले युएईलाई १५७ रनमै अलआउट गरेको छ । नेपालका लागि कशल भुर्तेलको कीर्तिमानी बलिङमा नेपालले युएईलाई सस्तैमा समेटेको हो । भुर्तेल एक्लैले ६ विकेट लिएपछि नेपालले उक्त १५८ रनको लक्ष्य हात पारेको हो ।

    images

    श्रीलंकाको पि सारा ओभल कोलोम्बो क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले युएईले ब्याटिङ गरेको थियो । ४४ ओभरमा सबै विकेट गुमाएर उनले १ सय ५७ रन बनायो । युएईका लागि लभप्रित सिंहले ८२ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए ।

    इथान डी सोजाले १८ रन बनाउँदा अस्वस्था भलथापाले १६ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १–१ विकेट लिए । समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् ।


    तेस्रो आँखा