काठमाडौं ३ साउन / रुद्रमती कोरिडोर छेउमा भद्रकुमारी घले फाउन्डेसनले निर्माण गरेको भौतिक संरचना काठमाडौँ महानगरपालिकाको टोलीले भत्काएको छ ।
डोजरसहित उक्त स्थानमा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गामा बनेको भन्दै उक्त संरचनाहरु भत्काएको हो । यद्यपी, भद्रकुमारी घलेले भने आफूले उक्त जग्गा बकाइदा रजिष्ट्रेशन पास गरेर नै लिएको भन्दै उक्त जग्गामा बनेका संरचना नभत्काउन महानगरपालिकासँग आग्रह गर्दै आएकी थिइन् ।
