• ट्रेण्डिङ्ग :
घरमा अभिभावक नभएको मौकामा ११ बर्षीया बालिका बलात्कृत

घरमा अभिभावक नभएको मौकामा ११ बर्षीया बालिका बलात्कृत


  • 5.0K
    SHARES
    • श्रावण ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.7K Views

    घरमा अभिभावक नभएको मौकामा ११ बर्षीया बालिका बलात्कृत

    दाङ, ५ साउन । तुलसीपुरमा एक बालिका बलात्कृत भएकि छिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बाघखोली बस्ने ११ बर्षिय बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।

    images

    बलात्कार आरोपित सोहि ठाउँका २८ बर्षिय सुनिल बिक फरार रहेको जसपुर प्रहरी चौकिका ईन्चार्ज विर बहादुर भण्डारीले जानकारी दिएका छन् । साउन २ गते राती घरमा बाबु–आमा नभएको समयमा बलात्कार भएको हो ।

    घटनाको बारेमा ढिला (विहीवार) थाहा भएको हुदा आरोपित फरार भएको प्रहरीले जनाएको छ । पिडित बालिका स्वास्थ्य चौकि गएपछि मात्रै घटना बाहिर आएको हो । पिडित बालिकाको अवस्था अहिले सामान्य रहेको छ ।

    स्रोतका अनुसार बलात्कार गर्ने पुरुष नाता पर्ने ब्यक्ती हुन् । पीडित बालिकाका वुवा रोजगारको सिलसिलामा सुर्खेत गएको र आमा आफन्तीको घर गएको मौका छोपी बलात्कार गरेको प्रहरीले बताएको छ ।


    तेस्रो आँखा