• ट्रेण्डिङ्ग :
लामखुट्टेको टोकाइबाट यसरी बच्नुहोस्

लामखुट्टेको टोकाइबाट यसरी बच्नुहोस्


  • 2.8K
    SHARES
    • श्रावण ७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    लामखुट्टेको टोकाइबाट यसरी बच्नुहोस्

    काठमाडौं । गर्मी मौसम सुरू भएसँगै लामखुट्टेको प्रकोप पनि बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट कतिपय रोगहरू लाग्ने गर्दछ भने केही रोग सर्ने समेत हुन्छ । त्यसैले यसको टोकाइबाट बच्नु नै उत्तम उपाय हो ।  

    images

    १. झुलको प्रयोग गर्ने

    लामखु्ट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्नुपर्छ । गाउँघरमा प्रायजसोले प्रयोग गर्ने विधि भनेको धुपको प्रयोग हो । तर, यस्ता धुपको रातभर प्रयोग गर्दा श्वासप्रश्वासमा असर पर्ने गर्दछ । अझ दमको रोगीहरूका लागि त यो झनै हानिकारक छ । त्यसैले सकेसम्म झुलको प्रयोग गर्नु नै उपयोगी हुन्छ ।

    २. पानी जम्न नदिने
    लामखुट्टे पानी जम्ने भाडा, खाल्डा, नाला वा धेरै लामो समयदेखि पानी राखिएको स्थानमा बस्ने, अण्डा पार्ने र बच्चा हुर्काउनेसम्म गर्दछ । त्यसैले यसलाई निर्मूल पार्न लामखुट्टे हुर्कन नदिनु नै उत्तम उपाय हो । यसकालागि ती स्थानमा पानी जम्न दिनु हुँदैन ।

    ३. सरसफाइमा ध्यान दिने
    लामखुट्टेले फोहोरमा आश्रय लिन्छ । साथै प्रदूषित स्थानमा यो चाँडै फैलन्छ । त्यसैले लामखुट्टेबाट बच्न घर आसपासको सरसफाइ सबैभन्दा महत्वपूर्ण हुन्छ ।

    ४. झ्याल ढोकामा जाली
    गर्मी मौसममा कोठामा हावा आउजाउ गर्न झ्याल ढोका खोलिन्छ । तर यसरी झ्याल ढोका खुल्ला छाड्दा लामखुट्टे कोठामा पस्ने गर्दछ । त्यसैले झ्याल ढोकामा जाली लगाउनु पर्दछ ।

    ५. वैकल्पिक उपाय
    लामखुट्टे भगाउनका लागि केही घरेलु उपाय पनि अपनाउन सकिन्छ । जस्तो कोठामा कपुर जलाएर केही मिनेट सबै झ्याल ढोका बन्द गर्ने । यसो गर्दा घरभित्र पसेको लामखुट्टे मर्छ । घरको झ्याल ढोकामा तुलसीको बोट रोप्नाले पनि लामखुट्टेको प्रकोप कम हुने बताइन्छ ।


    तेस्रो आँखा