• ट्रेण्डिङ्ग :
चुनावमा आफुलाई सिध्याउने भनेर पार्टी भित्रकै मान्छे लागेको चौधरीको आरोप

चुनावमा आफुलाई सिध्याउने भनेर पार्टी भित्रकै मान्छे लागेको चौधरीको आरोप


  • 2.3K
    SHARES
    • श्रावण ७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    चुनावमा आफुलाई सिध्याउने भनेर पार्टी भित्रकै मान्छे लागेको चौधरीको आरोप

    काठमाडौं ७ साउन / नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउनका लागि पार्टी भित्रकै मान्छे लागि परेका बताएका छन् ।

    images

    आईतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता चौधरीले प्रतिनिधि सभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै मान्छेहरु लागि परेका बताए । उनले पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिध्याउने भनेर लागेका बताए ।

    उनले बिरोधीलाई जिताउनका लागि पार्टी भित्रकै मान्छेहरु लागि परेको भन्दै आफूले प्रमाणसहित अनुशासन आयोगमा पेस गरेको बताए । आफ्नै उम्मेदवारलाई हराउन लाग्ने संस्कारको अन्त्य गर्न सकिएन भने आगमी दिनमा पार्टीलाई अझ असर पर्दै जाने उनको भनाई छ । उनले नयाँ राजनीतिक दलहरुले जस्तै पार्टीलाई प्रविधिमैत्री बनाउनुपर्ने र जनताको मुद्दाहरु उठाउनुपर्ने बताए ।


    तेस्रो आँखा