• ट्रेण्डिङ्ग :
१२ वर्षमा बिहे, १५ वर्षमा दुई सन्तान !

१२ वर्षमा बिहे, १५ वर्षमा दुई सन्तान !


  • 7.9K
    SHARES
    • श्रावण ८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 12.1K Views

    १२ वर्षमा बिहे, १५ वर्षमा दुई सन्तान !

    अञ्जना चौधरी, तुलसीपुर ८ साउन/ तुलसीपुरकी एक १२ वर्षीया किशोरी बाटोमा हिड्दै गर्दा आफ्नै आफन्त नाता पर्ने एक किशोर संग कुरा गर्दै थिइन् । ति किशोर संग कुरा गरेको छिमेकी तथा आफन्तले उनलाई देखे । त्यसपछि उक्त किशोरीको चरित्र माथी नै औला उठाउन थालियो । त्यसपछि किशोरीको परिवारले त्यही किशोर संग १२ वर्षकै उमेरमा जबरजस्ती बिहे गरि दिए । बिहे भएको तीन वर्षमा अर्थात १५ वर्षको उमेरमा ति किशोरीले दुई वटा छोरालाई जन्म दिइन् । दुईवटा छोरा जन्मिए पछि मात्रै श्रीमानलाई यौन रोग लागेको किशोरीले थाहा पाईन् । अहिले ती किशोरी यौन रोगको सिकार त भएकी छिन नै सानै उमेरमा बिहे भएपछि उनको पाठेघरमा समेत समस्या देखिएको छ । किशोरीले अस्पतालमा गएर आफ्नो समस्या खुलेर राख्न समेत सकेकी छैनन् किन भने अस्पतालमा पुरुष डाक्टर हुन्छन् । समाज र परिवारले वास्तविकता नबुभरेर बिहे गर्न बाध्य भएकी उनी सानै उमेरमा सन्तानको पालन पोषण संगै विभिन्न रोगले ग्रसित हुँदै गएकी छिन् । 

    images

    तुलसीपुरकै एक महिलाको विवाहा भएको १५ वर्षसम्म पनि सन्तान भएनन् । सन्तान नभएपछि उनलाई श्रीमानले दैनिक रुपमा दवाव दिन थाले । श्रीमानले दैनिक रुपमा दवाव दिन थालेपछि उनी विभिन्न अस्पतालमा गएर चेकजाँच गराईन । तर पनि उनको बच्चा भएन् । त्यसपछि उनी श्रीमानको दवावले गर्दा आफ्नो श्रीमानको अर्कै केटी संग बिहे गराउन बाध्य भईन् । यी घटना त उदाहरण मात्रै हुन् । जिल्लामा अहिले विभिन्न किसिमका महिला हिंसा न्युनिकरण सम्बन्धि कार्यक्रम भएपनि महिला हिंसामा भने कमी आउन भने सकेको छैन् ।

    सोमबार तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले आयोजना गरेको महिला र बालिका शुरक्षा विषयक सरोकारवालाको छलफल कार्यक्रममा बाल्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले एक वर्षको अवधिमा विभिन्न किसिमका हिंसा सम्बन्धि पाँच दर्जन मुद्धाहरु ईलाका प्रहरी कार्यालयमा दर्ता भएको जानकारी दिए । उनका अनुसार सामान्य घटनाहरु ४ सय वटा ईलाका प्रहरी कार्यालय समक्ष आएका थिए । ति मध्ये अधिकांश घटनाहरु अशिक्षित व्यक्तिबाट हुने गरेको पनि डिएसपी मल्लले जानकारी दिए । पछिल्लो समयमा तुलसीपुरमा सामुहिक बलात्कारका घटनाहरु समेत हुन थालेको बताए ।

    त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्ष २०७९/८० मा १३४ मुद्धा दर्ता भएको र ४२ वटा ठाडो उजुरी गरेर १६७ वटा मुद्धा दर्ता भएको छ । ति मध्ये महिला हिंसा सम्बन्धि मात्रै ५३ वटा मुद्धा दर्ता भएका थिए भने ९ वटा ठाडो उजुरी परेको कानून मामिला शाखा प्रमुख हुम बहादुर बिकले जानकारी दिए । महिला हिंसा सम्बन्धि ३७ वटा मुद्धा सहित जम्मा १०२ वटा मुद्धा फच्यौट भएको प्रमुख विकले जानकारी दिए । उनका अनुसार माना चामल सहित श्रीमानको हिंसाकै कारण सम्बन्ध विच्छेदका मुद्धाहरु धेरै आउने गरेका छन् ।  

    त्यसैगरी ओरेक नेपालका दाङ जिल्ला संयोजक पूजा चौधरीले गत आर्थिक वर्ष २०७९/८० मा देशभर ओरेकमा १८१३ वटा महिला हिंसा सम्वन्धि केशहरु आएको जानकारी दिइन् । उनले दाङमा मात्रै ६ महिनाको अवधिमा ९४ वटा हिंसा सम्बन्धि मुद्धा दर्ता भएको जानकारी दिइन् । त्यसैगरी २० वटा केश कानूनसम्म पु¥याउनको लागि ओरेकले सहयोग गरेको उनले जानकारी दिइन् ।

    तुलसीपुर उपमहानगरपालिका सेफ हाउकी ज्ञानु केसीले सेफ हाउसमा घरेलु हिंसामा परेका महिलाहरु धेरै आउने गरेको बताईन् । गत आर्थिक वर्षमा १८ वर्षदेखि माथि उमेरका १६ जना १८ वर्ष भन्दा कम उमेरका १२ जना, एक वर्ष भन्दा कम उमेरका २ जना बालिका र ४ जना अपाङगता भएका महिला गरी ३४ जना हिंसा पीडित महिलाहरुलाई आश्रय दिएको जानकारी दिइन् । केसीले तुलसीपुर लगायत बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका,सिन्धपाल्चोक,कञ्चनपुर, सलयान रोलपाका समेत पीडितहरुलाई आश्रय दिएको बताइन् ।

    तुलसीपुर उपमहानगरपालिकाका प्रमख स्यानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले महिला हिंसा गर्ने जुनकोहीलाई कानूनी डायराबाट उम्कन नपाउने बताए । त्यसैगरी अकिारकर्मी शुशिल बस्नेत, यातायात व्यवसायी सुरेश हमाल, अधिकारकर्मी शुष्मा गिरी, युवा करार, बसन्त योगी लगायतले अहिलेको अवस्थामा समेत तुलसीपुरमा महिला हिंसाका घटनाहरुमा कमी आउन नसकेको बताउँदै दुख व्यक्त गरे । उनीहरुले तुलसीपुरमा पनि बसपार्क क्षेत्रमा हुने विभिन्न किसिमका अपराधिक क्रियाकलाप रोक्न सिसि क्यारा जडानदेखि वत्तीहरु जडान गर्न आवस्यक रहेको बताउँदै अपराधिक क्रियाकलापमा संलग्नलाई उम्कन दिन नहुने बताए ।

    पछिल्लो घटना क्रमले तुलसीपुरमा घर छ भन्न समेत लाज हुने अवस्था आएको भन्दै सबै जना यस्ता खालको घटना हुन नदिन सचेत हुन आवस्यक रहेको बताए । कार्यक्रममा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले लैंगिक हिंसाको अवस्था, लैंगिक हिंसा न्युनिकरणका लागि राष्ट्रिय कानून लगायतका विषयमा जानकारी दिएकी थिइन् । कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, शुरक्षाकर्मी, अधिकारकर्मी जनप्रतिनिधि, होटल व्यवसायी, यातायत व्यवसायी पत्रकार लगायतको सहभागिता थियो । 


    तेस्रो आँखा