• ट्रेण्डिङ्ग :
रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग, तत्काल कतै नजाने

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग, तत्काल कतै नजाने


  • 6.2K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्याग, तत्काल कतै नजाने

    काठमाडौं, ८ पुस । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् । 

    images

    ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु,’ दर्शनाले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

    तत्काल कुनै पार्टीमा नजाने बताएकी उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘८ पुस २०७८ बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’ 
    269783980_482955749854424_326537767780788925_n.jpg

    269777227_482955753187757_1765195702201412060_n.jpg


    तेस्रो आँखा