• ट्रेण्डिङ्ग :
कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक 

कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक 


  • 2.5K
    SHARES
    • श्रावण ९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 3.8K Views

    कांग्रेसका सभापति देउवाले बोलाए पदाधिकारी बैठक 

    काठमाडौं ९ साउन/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

    images

    नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा जारी छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ । निर्णयको तयारीका लागि आज एक दिन केन्द्रीय समिति बैठक रोकिएको छ । एक वर्षपछि बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ ।


    तेस्रो आँखा