• ट्रेण्डिङ्ग :
प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको हत्या भएको खुलासा

प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको हत्या भएको खुलासा


  • 24.5K
    SHARES
    • श्रावण १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 37.6K Views

    प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको हत्या भएको खुलासा

    बाग्लुङ १० साउन / इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको खुलेको छ । 

    images

    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार श्रावण ८ गते साँझ ८ बजे बडिगाड गाउँपालिका वडा नं। ६ स्थित आशा होटल एण्ड खाजा घरमा वरिष्ठ सई पौडेल गएको र सोही होटल सञ्चालिका आशा कुँवर र निजको छोरा विनोद कुँवरसँग विवाद हुँदा विनोदको मुक्का प्रहारबाट घाइते भएका पौडेलका पर्दाको कपडाले घाँटी कसी हत्या गरेको खुलेको छ । 

    रातको साढे एघार बजे सो घटना भएको र घटनामा संलग्न दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र निजका छोरा २० वर्षीय विनोद कुँवरलाई ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    घटनास्थल इलाका प्रहरी कार्यालय भिमगिठे देखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ। 
    बत्र


    तेस्रो आँखा