• ट्रेण्डिङ्ग :
एमालेद्धारा गृहमन्त्रीको राजीनामा माग 

एमालेद्धारा गृहमन्त्रीको राजीनामा माग 


  • 2.8K
    SHARES
    • श्रावण १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    एमालेद्धारा गृहमन्त्रीको राजीनामा माग 

    काठमाडौं १० साउन / प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले गृहमन्त्रीको राजीनामा माग गरेको छ । बुधबारको संसद् बैठकको आकस्मिक समयमै एमालेले सुन काण्डमा गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

    images

    एमाले प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरे । उनले समिति नबने संसद् चल्न नदिने पनि बताए ।  “गृहमन्त्रीको मातहतमा सुन तस्करी भएको छ । म कारबाही गर्छु भन्नुहुन्छ, कोट र टारको कुरा गर्छु भन्नुहुन्छ । कुन नैतिकताको धरातलमा पदमा बस्न सुहाउँछ रु,” उनले भने, “ २० क्विटल बढी सुन तस्कर भएको छ, मन्त्रीहरूको सेटिङमा भएको छ ।

    यसको विषयमा गम्भीर भएर सरकारले छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बन्नुपर्‍यो । सभामुखबाट रुलिङ हुनुपर्छ । दिउँसै रात पार्ने, लुट्ने काम भएको छ ।” उनले विमानस्थलको यो अवस्था छ अरू भन्सारको अवस्था के होला भन्दै प्रश्न गरे ।


    तेस्रो आँखा