• ट्रेण्डिङ्ग :
महोत्तरीमा बैंक लुट्ने गिरोहका एक जना पक्राउ

महोत्तरीमा बैंक लुट्ने गिरोहका एक जना पक्राउ


  • 5.3K
    SHARES
    • श्रावण ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 8.2K Views

    महोत्तरीमा बैंक लुट्ने गिरोहका एक जना पक्राउ

    जनकपुरधाम, ११ साउन । महोत्तरीको दिनदहाडै हतियार देखाएर फिल्मी शैलीमा एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

    images

    उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गर्न सफला भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

    महोत्तरी गाउँपालिका–२ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।

    नम्बर नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भनेपनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो ।

    बैंक लुटपाट घटनामा लुटेराहरुमाथि मुलुकी अपराध संहित २०७४ अन्तर्गत हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताए ।


    तेस्रो आँखा