• ट्रेण्डिङ्ग :
भ्रष्टाचार अन्त्य गर्न सरकारलाई सबैले सहयोग गर्नुपर्छ : मन्त्री मास्की

भ्रष्टाचार अन्त्य गर्न सरकारलाई सबैले सहयोग गर्नुपर्छ : मन्त्री मास्की


  • 4.4K
    SHARES
    • श्रावण ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    भ्रष्टाचार अन्त्य गर्न सरकारलाई सबैले सहयोग गर्नुपर्छ : मन्त्री मास्की

    देउखुरी ,११ साउन/  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले भ्रष्टाचार अन्त्य गर्नकालागि सरकारले थालेको कदमलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

    images

    सहकारी केन्द्र नेपाल लुम्बिनी प्रदेशको प्रथम भेलामा मन्त्री मास्कीले सरकारले भ्रष्टाचार अन्त्य गर्नकालागि नयाँ क्रान्तिको थालनी गरेको भन्दै यसमा सबैले हातेमालो गर्नुपर्ने बताए ।‘हामीले १० बर्षे जनयुद्ध तथा बिभिन्न आन्दोलनबाट गणतन्त्र स्थापना गरेका छौं, ब्यबस्था परिबर्तनको लडाई सकिएको छ, अब आर्थिक समृद्धिको लडाईमा हामी होमिएका छौं’,उनले भने‘भ्रष्टाचार अन्त्य गर्न सके नै मुलुकमा आर्थिक र विकासले फड्को मार्छ, त्यसैले पार्टी र सरकारले थालेको भ्रष्टाचार विरुद्धको क्रान्तिमा सबैले सहयोग गर्नुपर्छ ।’

    आम नागरिकको सहयोगमा झनै सरकारलाई भ्रष्टाचार विरुद्ध नयाँ–नयाँ फाईल खोल्न आँट आउने समेत उनले बताए । साथै लुम्बिनी प्रदेश सरकारले सहकारी मार्फत स्वरोजगार प्रदान गर्नकालगि बजेट बिनियोजन गरेको बताए । विहीबार राप्ती गाउँपालिकाको हलमा भएको कार्यक्रममा मन्त्री मास्कीले यस्तो बताए । 


    तेस्रो आँखा