• ट्रेण्डिङ्ग :
साइबेरियामा रुसी हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते

साइबेरियामा रुसी हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते


  • 3.2K
    SHARES
    • श्रावण १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    साइबेरियामा रुसी हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु, १० घाइते

    मस्को, १२ साउन । रुसको साइबेरिया क्षेत्रमा बिहीबार एउटा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ।

    images
    हेलिकप्टर निजी कम्पनीको थियो र पर्यटक बोकेको थियो । जहाजमा १२ जना यात्रु र तीनजना चालक दलका सदस्य रहेको बताइएको छ तर आपतकालीन अवस्था मन्त्रालयले जहाजमा जम्मा १३ जना यात्रु रहेको जनाएको छ ।


    तेस्रो आँखा