तुलसीपुर १२ साउन/ तुलसीपुरमा एक महिला माथी सामुहिक करणी प्रयास र लुटपात भएको छ । गत साउन १० गते बुलुका करिब साढे ६ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कपडादेवी सामुदायिक जंगलमा ३२ वर्षीया महिलालाई तीन जना युवाहरुले सामुहिक जवरजस्ती करणी प्रयास गरी उनको साथमा रहेको ओपो मोबाइल एक सेट, एक तोलाको सुनको सिक्रि र नगद ९ हजार रुपैया लुटेका थिए ।
उक्त महिलाले आफुलाई करणी प्रयास हुन थालेपछि प्रतिकार गरी होहल्ला गरेपछि ति युवाहरु भागेका थिए । साउन ११ गते बिहान ति महिलाले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा मौखिक जानकारी गराए पश्चात प्रहरी निरिक्षक पर्वत केसीको कमाण्डमा गएको सात जना प्रहरी टोलीले घटनामा संलग्न तीन जनालाई तुलसीपुर ६ स्थित राप्ती बबई कयाम्पस नजिकैबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई जवरजस्ती करणी उद्योग तथा डाकाचोरी मुद्धामा म्याद थपको लागि जिल्ला अदालत घोराही पठाईएको ईप्रका तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । उक्राउ पर्नेमा तुलसीपुर ६ का २२ वर्षीय दुर्गा बहादुर केसी, वडा नं. १२ का २० वर्षीय अभिशेक चौधरी र वडा नं. १२ कै १९ वर्षीय तिलक परियार रहेका छन् ।
