• ट्रेण्डिङ्ग :
आफ्नो घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर पक्राउ 

आफ्नो घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर पक्राउ 


  • 4.2K
    SHARES
    • श्रावण १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    आफ्नो घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर पक्राउ 

    दाङ १२ साउन/ मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो ।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले इन्जिनियर पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए । आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ । यसअघि  ती किशोरीले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सामाजिक सन्जालमा भिडियो पोस्ट गरेकी थिइन् ।

    त्यसलगत्तै पोखरेल मुटुको समस्या भएको भन्दै अस्पतालमा भर्ना भएर बसेका थिए । प्रहरीले उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो ।


    तेस्रो आँखा