• ट्रेण्डिङ्ग :
महिला विश्वकप फुटबलमा आज ३ खेल हुँदै

महिला विश्वकप फुटबलमा आज ३ खेल हुँदै


  • 4.9K
    SHARES
    • श्रावण १३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 7.5K Views

    महिला विश्वकप फुटबलमा आज ३ खेल हुँदै

    काठमाडौं, १३ साउन । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा शनिबार पनि समूह चरणका ३ खेल हुँदैछन् । शनिबार हुने खेलमा समूह एफका २ खेल हुँदा समूह जीको भने एक खेल हुनेछ । समूह जीको एक खेलमा स्वीडेन र इटाली आमने सामने हुँदैछन् । स्वीडेन र इटालीले आफ्नो पहिलो खेलमा जित निकाल्दै शीर्ष २ स्थानमा बसेका छन् । खेल बराबरीले पनि दुवै टिम प्रि क्वाटरफाइनल नजिक पुग्ने छन् भने विजयी हुने टिमले शीर्ष स्थान पक्का गर्ने छ ।

    images

    शनिबार हुने अर्को खेलमा ब्राजिल र फ्रान्स आमने सामने हुँदैछन् । समूह एफका यी दुई टिममध्ये ब्राजिल लगातार दोस्रो जित निकाल्दै प्रि क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ भने फ्रान्स पनि पहिलो जितको खोजिमा हुने छ । पहिलो खेलमा फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिए पछि अंक बाँडेको थियो । ब्राजिल भने पहिलो खेलमा पानामाविरुद्ध ४–० को जित निकाल्दै शीर्ष स्थानमा रहेको छ ।

    यस्तै, अर्को खेलमा पानामा र जमैकाबीच प्रतिस्पर्धा हुनेछ ।


    तेस्रो आँखा