• ट्रेण्डिङ्ग :
रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु होइन : सभापति लामिछाने

रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु होइन : सभापति लामिछाने


  • 11.3K
    SHARES
    • श्रावण १३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 17.4K Views

    रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु होइन : सभापति लामिछाने

    काठमाडौं, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको उल्लेख गर्दै पार्टीमा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् ।

    images

    उनले रास्वपा साधारण समयमा बनेको पार्टी भएकाले कसैलाई पोस्न र पाल्न बनेको पार्टी नभएको जिकिर गरे । आगामी निर्वाचनमा सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै देशमा सबैले राम्रो नारा लगाउने उनको भनाई छ ।

    सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे । उनले रास्वपा मिसन २०८४ को अभियानमा रहेको बताए ।


    तेस्रो आँखा