• ट्रेण्डिङ्ग :
राप्रपा अध्यक्ष लिङ्देनले भने — कांग्रेस / कम्युनिष्टहरु जनताका अगाडि मुख देखाउनै लायक छैनन्

राप्रपा अध्यक्ष लिङ्देनले भने — कांग्रेस / कम्युनिष्टहरु जनताका अगाडि मुख देखाउनै लायक छैनन्


  • 7.5K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    राप्रपा अध्यक्ष लिङ्देनले भने — कांग्रेस / कम्युनिष्टहरु जनताका अगाडि मुख देखाउनै लायक छैनन्

    तेस्रो आँखा डेस्क
    दाङ,पुस ८ ।  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस÷कम्यूनिष्ट पार्टीहरुको बिकल्पमा राप्रपालाई ठूलो राष्ट्रिय शक्तिका रुपमा उभ्याईने बताएका छन् । उनले मुलुकले ‘परम्परागत’ सोँच सहितका कांग्रेस÷कम्युनिष्टहरुको बिकल्प मुलुकले खोजेको समेत बताए ।  राप्रपाले बिहिबार तुलसीपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले भने ‘उनिहरु अहिले ठूला पार्टी देखिएका छन्, तर यि राजनीतिक शक्तिको बिकल्प मुलुकले खोजिरहेको छ ।’

    images

    आफूले त्यो बैकल्पिक शक्तिका रुपमा राप्रपालाई उभ्याउने भन्दै लिङ्देनले आफ्नो यो अभियानलाई साथ दिन सबैमा आग्रह समेत गरे । उनले अहिलेका ठूला भनिएका पार्टीहरु मुलुकको अहितका निम्ती अग्रसर भैरहेको भन्दै जनताका अगाडी मुख देखाउन लायक नभएको दाबी गरे ।

    ‘ठूला भनिएका पार्टीहरु ठूला देखिएका मात्रै हुन्,’ उनले भने ‘उनिहरु अहिले जनताका अगाडी मुख देखाउन लायक छैनन् ।’
    सिंगो देश, धर्म संस्कृति प्रति अन्याय गरेका राजनीतिक दलहरुललाई किन रोज्ने भन्दै उनले राप्रपा जस्तो राष्ट्रहितका निम्ती जन्मीएको पार्टीमा आवद्ध हुन आग्रह समेत गरे । 


    तेस्रो आँखा