• ट्रेण्डिङ्ग :
सात करोडभन्दा बाढीको सामान बरामद

सात करोडभन्दा बाढीको सामान बरामद


  • 3.6K
    SHARES
    • श्रावण १४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    सात करोडभन्दा बाढीको सामान बरामद

    बर्दिबास, १४ साउन . । सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाकाबाट तस्करी भई आएका ७ करोडभन्दा बढी मूल्यका सामान पक्राउ गरेको छ । भारतसँग करिब ३९ किलोमिटर खुला सिमाना रहेको महोत्तरीमा सीमा तस्करी चुनौतीपूर्ण भएको बेला सशस्त्रले अहिलेसम्मकै बढी मूल्यका सामान नियन्त्रणमा लिन सफल भएको हो । 

    images

    सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९-०८० मा भन्सार चोरी पैठारी निकासीका सात करोड ५७ हजार ६२० रुपैयाँ बराबरका सामान पक्राउ गरेको जनाएको छ । पक्राउ परेका समानमा तीन करोड ४३ लाख मूल्य बराबरका २२० थान सवारी साधन नै छ । २३ लाख ८२ हजारका ५९५ थान चौपाया र तीन करोड २३ लाख बराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरेको सशस्त्रले जनाएको छ । 

    बरामद गरिएका अन्य सामानमा एक करोड नौ लाख बराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजारका कपडा, २८ लाख ३० हजारका चौंरी गाईका पुच्छर, २५ लाख ६३ हजारका इलेक्ट्रोनिक्स सामानदेखि स्राेत नखुलेका पैसा, जुत्ता चप्पल, अण्डा, औषधि, माछा र हाँस कुखुरा छन् । 


    तेस्रो आँखा