• ट्रेण्डिङ्ग :
मिटर ब्याजमा ऋण दिएर बलात्कार र घरजग्गा कब्जा गरेको आरोपमा मालीविरुद्ध जाहेरी

मिटर ब्याजमा ऋण दिएर बलात्कार र घरजग्गा कब्जा गरेको आरोपमा मालीविरुद्ध जाहेरी


  • 2.5K
    SHARES
    • श्रावण १४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 3.8K Views

    मिटर ब्याजमा ऋण दिएर बलात्कार र घरजग्गा कब्जा गरेको आरोपमा मालीविरुद्ध जाहेरी

    काठमाडौँ, १४ साउन । मिटर ब्याजमा ५ लाख ऋण दिएर जबरजस्ती ६५ लाख रुपैयाँको तमसुक गराएर एक महिलालाई पटक पटक बलात्कार गरेको र घरजग्गा समेत कब्जा गरेको आरोप लागेका सुर्जमान मालीविरुद्ध पीडित पक्षबाट किटानी जाहेरी दर्ता भएको छ । यही आरोपमा केही दिनअघि पक्राउ परेका मालीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा पीडितले मानवबेचविखन तथा ओसारपसार ऐन २०६४ अनुसारको कसुर गरेको आरोपमा किटानी जाहेरी दिएको हो ।

    images

    पीडितले बलात्कार तथा मानव बेचविखनको आरोपमा धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएका छन् । २०७५ सालको अन्तिम देखि २०७६ सालसम्म उनी पटक पटक बलात्कारमा परेका पीडित महिलाले जाहेरीमा बताएकी छन् ।

    सुरुमा ऋण दिने मालीले बलात्कार गरेको र त्यसपछि उनकै संलग्नतामा अन्यले समेत बलात्कार गरेको महिलाको जाहेरीमा भनिएको छ । महिलालाले उक्त घटनामा संलग्न मालीसहित सबैलाई कारवाही गर्न गृहमन्त्री नारायणकाजीसँग पनि भेट गरेकी थिइन् । त्यसपछि मालीलाई प्रहरीले पक्राउ गरेको थियो ।

    मालीलाई जिल्ला अदालतमा उपस्थित गराएर हिरासतमा राख्न अनुमति लिने तयारी प्रहरीले गरेको छ ।


    तेस्रो आँखा