• ट्रेण्डिङ्ग :
सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने नेविसंघ मोरङ अध्यक्ष निलम्बित

सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने नेविसंघ मोरङ अध्यक्ष निलम्बित


  • 3.6K
    SHARES
    • श्रावण १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने नेविसंघ मोरङ अध्यक्ष निलम्बित

    काठमाडौं १५ साउन/ नेपाल विद्यार्थी संघले मोरङ जिल्ला अध्यक्षलाई निलम्बन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कालोमोसो दलेको भन्दै नेविसंघले नेविसंघ मोरङ अध्यक्ष सरोज पोखरेललाई निलम्बन गरेको हो ।

    images

    अध्यक्ष दाहालमाथि कालोमोसो दलिएको विषयमा नेविसंघले छानबिन समिति गठन गरेको थियो । उक्त समितिको सिफारसको आधारमा अध्यक्ष पोखरेललाई निलम्बन गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै जानकारी दिए । उक्त घटनामा संलग्न केहीलाई नसियत दिइएको छ भने केहीलाई निलम्बन गरिएको नेविसंघले जनाएको छ ।

    कालोमोसो दलेको आरोपमा अध्यक्ष पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो । गत जेठ २९ गते आफ्नै क्वाटरमा रहेका अध्यक्ष दाहालमाथि पोखरेलसहितका नेविसंघका कार्यकर्ताले कालो मसी फ्याकेर भागेका थिए । आफूहरुले लामो समयदेखि राखेका विभिन्न मागहरू पुरा गर्नुको साटो एकलौटी गर्न खोजेको भन्दै कालोमोसो दलिएको उनीहरूको भनाई थियो ।

    nebisangh_X3hkET1xlt.webp

     


    तेस्रो आँखा