• ट्रेण्डिङ्ग :
मंसिरमा माओवादी केन्द्रको विधान सम्मेलन गर्ने तयारी

मंसिरमा माओवादी केन्द्रको विधान सम्मेलन गर्ने तयारी


  • 3.0K
    SHARES
    • श्रावण १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    मंसिरमा माओवादी केन्द्रको विधान सम्मेलन गर्ने तयारी

    काठमाडौं १५ साउन/ सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन गर्ने तयारी गरिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा त्यसबारे प्रस्ताव लैजाने निर्णय गरिएको हो ।

    images

    विधान सम्मेलन आउँदो मंसिरमा गर्ने पदाधिकारीको प्रस्ताव छ । “विधान सम्मेलन गर्ने भन्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने कुरा भएको छ, मोटामोटी मंसिरमा विधान सम्मेलन गर्ने कुरा भएको छ,” माओवादीका सचिव दीनानाथ शर्माले भने, “सम्मेलनको मिति केन्द्रीय समितिले तोक्नेछ ।”

    उनका अनुसार विशेष महाधिवेशन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । केन्द्रीय कमिटी भद्दा भएकाले विधानानुसार लैजान विधान सम्मेलन गर्ने तयारी गरिएको नेताहरूले बताएका छन् ।

     


    तेस्रो आँखा