• ट्रेण्डिङ्ग :
सुन तस्करीमा माओवादी नेता भएपनि छोडिँदैन : नारायणकाजी

सुन तस्करीमा माओवादी नेता भएपनि छोडिँदैन : नारायणकाजी


  • 5.2K
    SHARES
    • श्रावण १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 8.1K Views

    सुन तस्करीमा माओवादी नेता भएपनि छोडिँदैन : नारायणकाजी

    काठमाडौँ, १८ साउन । नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताएका हुन् । 

    images

    ‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यताअनुसार सरकारले अनुसन्धान गरिरहेको छ । यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, श्रेष्ठको भनाइ छ । 

    सुन तस्करी प्रकरणमा माओवादी नेता कार्यकर्ताकै संलग्नता रहेको भनेर प्रचार भइरहेपछि मन्त्री श्रेष्ठले यस्तो बनाएका हुन् ।


    तेस्रो आँखा