• ट्रेण्डिङ्ग :
खोलामा बेपत्ता बालकको ११ दिनपछि शव भेटियो

खोलामा बेपत्ता बालकको ११ दिनपछि शव भेटियो


  • 3.4K
    SHARES
    • श्रावण १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.2K Views

    खोलामा बेपत्ता बालकको ११ दिनपछि शव भेटियो

    काठमाडौं, १८ साउन । गत साउन ७ गते काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।

    images

    सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगरको शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।

    प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो ।

    स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी,सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।


    तेस्रो आँखा