• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रीय समितिको बैठक बस्दै, बाँकी नेताले धारणा राख्ने

माओवादी केन्द्रीय समितिको बैठक बस्दै, बाँकी नेताले धारणा राख्ने


  • 2.7K
    SHARES
    • श्रावण १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    माओवादी केन्द्रीय समितिको बैठक बस्दै, बाँकी नेताले धारणा राख्ने

    काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजेबाट सुरु हुने आजको बैठकमा पनि आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले बोल्नेछन् । केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार ५६ जनाले केन्द्रीय सदस्यले धारणा राखेका थिए । बुधबार पहिलो दिन १८ जनाले बोलेका थिए । 

    images

    अधिकांश नेताहरूले गाउँ फर्कने कि पार्टी विघटन गर्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका थिए । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्नेमा नेताहरूको जोड थियो । नेताहरूले पार्टी बिग्रिएको भन्दै पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पार्टी पार्टीजस्तो बन्न नसकेको टिप्पणी गरेका थिए ।


    तेस्रो आँखा