• ट्रेण्डिङ्ग :
लमजुङबाट साँढे चार लाख सहित २२ जुवाडे पक्राउ

लमजुङबाट साँढे चार लाख सहित २२ जुवाडे पक्राउ


  • 2.3K
    SHARES
    • श्रावण १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    लमजुङबाट साँढे चार लाख सहित २२ जुवाडे पक्राउ

    लमजुङ, १९ साउन  । लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ । बेसीसहरबाट खटिएको प्रहरी अप्रेसन टोलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लो पामचोक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो ।

    images

    उनीहरूको साथबाट करिब साँढे ४ लाख रूपियाँसहित कौडा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएको थियो । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीको प्रहरीले केही समयदेखि फलोअप गरिरहेको स्रोतले जनाएको छ।  घटनाबारे विस्तृत विवरण प्रहरीले दिएको छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी)प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र मुचुल्का उठाउने कार्य भइरहेकाे बताए ।


    तेस्रो आँखा